नियम ९४
अंगभंग भए वा चोटपटक लागे बापत पाउने सुविधा
(१) कुनै कर्मचारी सरकारी
कामको सिलसिलामा चोटपटक लाग्न गई सेवाबाट अवकाश लिनु पर्ने नभए तापनि सो
चोट पटकको कारणबाट निजको क्षमता बृद्धिलाई बाधा पर्ने भएमा त्यस्तो कर्मचारीलाई
लागेको चोट पटकको अवस्थाको विचार गरी निजले खाइपाई आएको तलबको अन्तिम
स्केलको तलब बृद्धि वा दश हजार रूपैयाँसम्म एकमुष्ट रकम आर्थिक सहायता दिन
सकिनेछ ।
(२) उपनियम (१) बमोजिमको चोटपटकको उपचार गराउन आवश्यक पर्ने
अवधिभरको निमित कर्मचारीले निजको कुनै पनि सञ्चित बिदाबाट बिदा कट्टा नहुने गरी
पूरा तलब सहितको थप बिरामी बिदा पाउनेछ ।
(३) उपनियम (२) बमोजिम उपचार गराउँदा लागेको शतप्रतिशत रकम त्यस्तो
कर्मचारीले पाउनेछ । त्यस्तो उपचार खर्च पाएको कारणले त्यस्तो कर्मचारीले पछि
बिरामी हुँदा नियम ९१ को उपनियम (१) बमोजिम पाउन सक्ने उपचार खर्च पाउनमा
कुनै बाधा पु¥याएको मानिने छैन ।
(४) कुनै कर्मचारीले जानाजान आफ्नै गम्भीर लापरवाहीले चोटपटक लगाएको
कारणले अंगभंग भएकोमा यस नियम बमोजिमको सुविधा पाउने छैन ।